नेपली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
आइतबार सुनप्रतितोला ३ हजार ४०० रूपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनप्रतितोला १ लाख ९६ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोला २ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

Online Arthik









