मोर्बिडेली नेपालले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू टि३५२एक्स र टि२५२एक्स पहिलो पटक भव्य रूपमा सार्वजनिक गरेको छ । इटालियन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित यी मोटरसाइकलहरू नेपालको भू–भाग र सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएका छन् । मोर्बिडेली टि३५२एक्स उच्च प्रदर्शन र साहसिक क्षमता टि३५२एक्स एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो जसले नेपालको कठिन भू–भागमा भरपर्दो र सन्तुलित सवारी अनुभव प्रदान गर्छ।

टि३५२एक्सका प्रमुख विशेषताहरूमा ३४९.२ सीसी ट्विन–सिलिन्डर, ८भल्भ इन्जिन ४०.९ एचपी ८,५०० आरपीएम र ३१.५ एनएम टर्क छ भने स्पीड गियरबक्स, बोश डुअल च्यानल एबीएस, स्लिपर क्लच, र ७ इन्च टिएफटि डिस्प्ले (मोर्बिडेली कनेक्ट एपसँग एकीकृत) छ ।

साथै उत्कृष्ट ह्यान्डलिङ पिरेली स्कॉर्पियन टायर, युएसडि फ्रन्ट फोर्क, मल्टि(लिकं रियर सस्पेन्सन, र १८ लिटरको इन्धन ट्याङ्क उपलब्ध रहेको छ ।

मोर्बिडेली टि३५२एक्स शोरूममा मूल्य ९ लाख ९७ हजार रहेको छ भने नाइमा नेपाल मोबिलिटी एक्स्पो मा २०२५ मा बुक गर्दा मूल्य ९ लाख २३ हजारमा मा पाउन सकिन्छ।

मोर्बिडेली टि२५२एक्स

स्टाइल, सहजता र किफायती मूल्य टि२५२एक्स विशेष गरी युवा र प्रारम्भिक स्तरका राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको छ । जसले शहरी सवारीमा उत्कृष्ट प्रदर्शन र स्टाइल प्रदान गर्छ । यसका प्रमुख विशेषताहरूमा २४९ सीसी ट्विन–सिलिन्डर, लिक्विड कूल्ड इन्जिन ३३.५ एचपी १२,००० आरपीएम र २१.५ एनएम टर्क रहेको छ भने स्पीड गियरबक्स, डुअल च्यानल एबिएस स्लिपर क्लच रहेको छ । साथै १७ इन्च एलोय ह्वील, यूएसडि फ्रन्ट फोर्क, टिएफटि डिस्प्ले उपलब्ध छ।

नेपाली राइडरहरूका लागि प्रतिबद्धता मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिंग म्यानेजर नवराज घिमिरेले भने ‘टि३५२एक्स र टि२५२एक्स मार्फत हामी नेपाली बाइकरहरूलाई अन्तर्राष्ट्रिय स्तरको साहसिक अनुभव प्रदान गर्न प्रतिबद्ध छौं। यी मोटरसाइकलहरूले नेपालको सडक र अफ(रोड दुवैमा रोमाञ्चक यात्रा सुनिश्चित गर्नेछन्।’ घिमिरेले बिक्री पछिको सेवामा उच्च प्राथमिकता दिँदै स्पेयर पार्ट्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे । विशेष अफर र छुट नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा मोर्बिडेली र बेनेलिका अन्य मोडलहरू विशेष छुटका साथ बुकिङ गर्न सकिनेछ । साथै बेनेलिका मोडलहरूमा १ लाख रुपैयाँसम्मको छुट उपलब्ध छ । मोर्बिडेलीको स्टल नं. सी५ मा आगन्तुकहरूले निःशुल्क टेस्ट राइड, विशेष छुट, र आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।

 

तपाईको प्रतिक्रिया