अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८४५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा नाफा १ करोड १९ लाख रुपैयाँ मात्र थियो।

विद्युत बिक्री आम्दानी ७२ करोड ४० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ६७ करोड ५० लाख रुपैयाँभन्दा उच्च हो। चौथो त्रैमाससम्म कम्पनीको ईपीएस ८.३९ रुपैयाँ, नेटवर्थ १०२.७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५५.५० गुणा तथा तरलता अनुपात ०.९६ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया