इष्टर्न हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा उल्लेखनीय सुधार गर्दै घाटाबाट नाफामा प्रवेश गरेको छ। अघिल्लो वर्ष १ करोड ३७ लाख रुपैयाँ घाटा ब्यहोरेको कम्पनीले यस वर्ष ९५ लाख ८७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ।

कम्पनीको विद्युत बिक्री आम्दानी १५.५२ प्रतिशतले बढेर १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा सुधार ल्याएको हो। साथै, उत्पादन खर्च २९.१० प्रतिशतले घटेर १ करोड २७ लाख रुपैयाँमा सीमित रहनु पनि नाफा वृद्धि गर्ने मुख्य कारण बनेको छ।

समीक्षा अवधिमा कम्पनीको ईपीएस १.५५ रुपैयाँ, नेटवर्थ ७३.०७ रुपैयाँ, तरलता अनुपात १.८६ प्रतिशत र मूल्य आम्दानी अनुपात ३७२.८८ गुणा रहेको छ। कम्पनीको चुक्तापूँजी ६२ करोड रुपैयाँ भए पनि रिजर्भ फण्ड १६ करोड ६९ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ।

तपाईको प्रतिक्रिया