मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा १ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गर्दै अघिल्लो वर्षको घाटाबाट नाफामा प्रवेश गरेको छ। अघिल्लो आवमा संस्थाले ७८ लाख ९२ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो।
नाफा वृद्धिको मुख्य कारण खराब कर्जा अनुपात (एनपीएल) ८.०४ प्रतिशतबाट घटेर ६.१४ प्रतिशतमा झर्नु र खुद ब्याज आम्दानी ८३.५० प्रतिशतले बढ्नु हो। गत वर्ष संस्थाले १० करोड १ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ।
समीक्षा अवधिमा निक्षेप संकलन १०.९७ प्रतिशतले बढेर १ अर्ब ९ करोड ६२ लाख रुपैयाँ र कर्जा परिचालन ९.११ प्रतिशतले बढेर १ अर्ब २९ करोड ४० लाख रुपैयाँ पुगेको छ। ईपीएस ११.९२ रुपैयाँ, नेटवर्थ १२५.८२ रुपैयाँ र लाभांश क्षमता १५.६८ प्रतिशत रहेको छ।

Online Arthik









