ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.०९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ पुगेको छ, जसका आधारमा लाभांश क्षमता १४.११ प्रतिशत रहेको छ। खुद ब्याज आम्दानी भने ०.८५ प्रतिशत घटेर १६ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ।
गत वर्ष बैंकको निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर ५ खर्ब ५० अर्ब ६२ करोड ८४ लाख ३८ हजार रुपैयाँ र कर्जा लगानी ११.४६ प्रतिशतले बढेर ४ खर्ब ११ अर्ब ७९ करोड १७ लाख ९७ हजार रुपैयाँ पुगेको छ।
समीक्षा वर्षमा बैंकको ईपीएस १६.२८ रुपैयाँ, नेटवर्थ १७७.६३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.९५ गुणा र खराब कर्जा अनुपात ४.८७ प्रतिशत रहेको छ।

Online Arthik









