सगरमाथा लुम्बिनी इन्स्योरेन्स (SALICO) ले आर्थिक वर्ष २०८१/८२ मा ४० करोड ३२ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.५३ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष कम्पनीको नाफा ४६ करोड ९ लाख ७९ हजार रुपैयाँ थियो।

गत वर्ष कम्पनीको खुद बीमा शुल्क २२.८६ प्रतिशत बढेर २ अर्ब ११ करोड ३५ लाख ४ हजार रुपैयाँ पुगेको छ भने कुल बीमा शुल्क २.३२ प्रतिशतले बढेर ५ अर्ब ७६ करोड १४ हजार रुपैयाँ भएको छ। तर, खुद दाबी भुक्तानी ३०.७१ प्रतिशत बढेर १ अर्ब ६९ करोड ४० लाख १८ हजार रुपैयाँ पुगेकाले नाफामा गिरावट आएको हो।

समीक्षा अवधिमा कम्पनीको ईपीएस १५.३७ रुपैयाँ, नेटवर्थ २३९.१२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७.२३ गुणा रहेको छ। कम्पनीको चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ, महाविपत्ति कोष २२ करोड ९३ लाख २ हजार रुपैयाँ, सञ्चित नाफा ३६ करोड ६५ लाख २२ हजार रुपैयाँ र बीमा कोष ६ अर्ब ८८ करोड ५२ लाख ५४ हजार रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया