घरेलु बजारमा सुनको ओरालो यात्रा आजपनि जारी रह्यो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यससँगै सुनको मूल्य लगातार ४ दिनसम्म घटेको हो।
अघिल्लो दिन सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा पुगेको थियो।
यसैबीच, चाँदीको मूल्य भने आज वृद्धि भएको छ। चाँदी २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।

Online Arthik









