सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक तथा ग्लोबल बिजनेस तथा डायस्पोरा समिति (सीएनआई)का सभापति, साथै नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र डेन्मार्कस्थित नेपाली राजदूत महामहिम सुम्निमा तुलाधरबीच हाल भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तामा नेपालमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउन आवश्यक रणनीति, उत्पादनशील क्षेत्र र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्ने औपचारिक नेटवर्कहरूको स्थापना, साथै साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
यसका साथै, डेन्मार्कमा बसोबासरत नेपाली प्रवासीहरूको समस्या समाधान तथा हकहितको संरक्षण, डेन्मार्कमा नेपाली उत्पादनहरूको प्रभावकारी प्रवर्द्धन, र द्विपक्षीय व्यापार तथा सांस्कृतिक सम्बन्ध विस्तारका विषयमा दुवै पक्षबीच विचारविमर्श भएको थियो।
भेटवार्तामा डेन्मार्कस्थित नेपाली दूतावास र सीएनआईबीचको संस्थागत सम्बन्धलाई थप सुदृढ गर्दै भविष्यमा सहकार्यका सम्भावनाहरूलाई मूर्त रूप दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

Online Arthik










