क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार कम्पनीको नाफा ८५.०२ प्रतिशतले बढ्दै २ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ करोड २२ लाख नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले ३३ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आवको तुलनामा ३०२.५७ प्रतिशतले वृद्धि भएको हो। यसैगरी कुल आम्दानी ३८ करोड ८७ लाख पुगेको छ भने दाबी भुक्तानी २१ करोड ९६ लाखमा पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ३ लाख ७८ हजारभन्दा बढी बीमा पोलिसी जारी गरेको छ। यस अवधिमा कम्पनीको ईपीएस रु. ३.०३, प्रतिसेयर नेटवर्थ रु. १०४.५१ र मूल्य आम्दानी अनुपात ४५०.६० गुणा कायम भएको छ।

तपाईको प्रतिक्रिया