ईपीओ निष्कासनको तयारीमा रहेको वर्षबास म्युजियम होटल लिमिटेडले दोस्रो वार्षिक साधारण सभा भदौ २३ गते गर्ने निर्णय गरेको छ। साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सभा काठमाडौंको गैरीधारास्थित होटलमा बिहान १० बजे सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, कम्पनी आईपीओ प्रक्रियामा रहेकाले धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार आवश्यक संशोधन तथा सम्पूर्ण कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ।
कम्पनीले गत फागुन १९ गते नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग गरेको थियो। प्रस्तावित आईपीओ अन्तर्गत कम्पनीले ३९ करोड ६० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ३९ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने योजना रहेको छ।

Online Arthik










