आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ, जुन गत शुक्रबारको तुलनामा ७ सय रुपैयाँले कम हो। गत शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सयमा कारोबार भएको थियो। त्यस दिन पनि सुनको मूल्य ६ सय रुपैयाँले घटेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले कम हो।

तपाईको प्रतिक्रिया