राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले संघीय निजामती सेवा विधेयकमाथि आज छलफल सुरु गरेको छ । प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा आएको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सम्पन्न भएपछि दफावार छलफलको बाटो खुल्ने भएको छ ।
संसद् सचिवालयका अनुसार सो विधेयकमाथि १६ वटा समूहमार्फत ४३ जना माननीय सांसदहरूले विभिन्न संशोधन प्रस्ताव दर्ता गराएका छन् । समितिमा हुने छलफलमार्फत यी संशोधन प्रस्तावहरूलाई समेत समेटी विधेयकलाई अघि बढाउने प्रक्रिया अघि बढाइनेछ ।
विधायन व्यवस्थापन समितिले छलफललाई व्यवस्थित ढंगले अघि बढाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको छ ।

Online Arthik









