नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय आज (साउन ६ गतेदेखि सुरु भएको) अन्तिम दिन रहेको छ । लगानीकर्ताहरूले आजसम्म मात्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजी रु १ अर्ब ८९ करोड ८ लाख ७८ हजार को ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता अनुपातमा हकप्रद सेयर जारी गरेको हो ।
यसअनुसार कम्पनीले कुल रु ६५ करोड ७६ लाख ९६ हजार ७६६ बराबरका प्रतिकित्ता रु १०० अंकित मूल्यमा ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी रु २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार पुग्नेछ ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ३० गते बुकक्लोज गरेको थियो । त्यसअनुसार जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धकको लाजिम्पाटस्थित केन्द्रीय कार्यालय, पोखरा, बुटवल, विराटनगर र बिरगन्ज शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिन्छ ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले नेपाल इन्स्योरेन्सलाई आईआरएन सिंगल ए माइनस (IRN A-) इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

Online Arthik









