नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको ४.५० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार इन्स्योरेन्सको ४६ लाख ४८ हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Online Arthik









