संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाबाट उजागर भएका विषयहरूको दिगो समाधानका लागि मन्त्रालय गम्भीरतापूर्वक अघि बढ्ने बताएका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँगको छलफलमा उनले मन्त्रालय, क्यान, महान्यायाधिवक्ता कार्यालय, कानून मन्त्रालय, अर्थ मन्त्रालय लगायत सबै सरोकारवालासँग सहमति खोजी न्यायिक छानबिन समिति गठन गर्ने विषयमा निष्कर्षमा पुगिने बताए।
मन्त्री पाण्डेले हवाई नीतिको ड्राफ्ट अन्तिम चरणमा पुगेको, १५ सालको ऐनलाई संशोधन गरी नयाँ मस्यौदा तयार गर्ने काम भइरहेको र दुई वटा ऐन समितिको विचाराधीन अवस्थामा रहेको जानकारी पनि दिएका छन्।

Online Arthik










