भारतको मुत्तृट फाइनान्स लिमिटेड ले आफ्नो नाममा रहेको ११,९८,५३१ कित्ता नबिल बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ ।
उक्त सेयर खरिदका लागि नबिल बैंकका विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य हुनेछन् । इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिदेखि ३५ (पैंतीस) दिनभित्र आफ्नो आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन नबिल बैंकको केन्द्रीय कार्यालय, काठमाण्डौस्थित कम्पनी सचिवको कार्यालयमा बुझाउनुपर्नेछ ।
निर्धारित समयभित्र विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन नदिएमा, ती सेयरहरू अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ ।

Online Arthik









