पिपुल्स पावर लिमिटेडले करिब ३,९१,७७९ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १:०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेका सेयरहरू यस पटक लिलामीमार्फत बिक्री गर्न लागेको हो । कम्पनीले भदौ १५ गतेदेखि उक्त सेयर बिक्री आवेदन खुलाउने र भदौ २२ गतेसम्म आवेदन पेश गर्न सकिने जनाएको छ । प्रति सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण उपलब्ध कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यस लिलामीमा जो कोही व्यक्ति, कम्पनी वा संघ–संस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आफ्नो आवेदनपत्र प्रभु क्यापिटल लिमिटेडको कमलादीस्थित कार्यालय तथा प्रभु बैंकका विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमार्फत पेश गर्न सक्नेछन् ।

Online Arthik










