स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड गरिएको छ । साउन ३० गतेदेखि भदौ ३ गतेसम्म बिक्री खुला गरेको आईपीओ आज भदौ १२ गते बाँडफाँड गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।
लघुवित्तको आईपीओमा २४ लाख ४० हजार ४६० जनाले आवेदन दिएका थिए । जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन सदर भएका थिए भने २ हजार ३ सय आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।
लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँड गर्दा १९ हजार ५१९ जनालाई १० कित्ताका दरले बाँडफाँड गरिएको लघुवित्तले जनाएको छ । बाँकी रहेको सेयरलाई ५ जना आवेदकलाई ११ कित्ताका दरले वितरण गरिएको छ ।
लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये १ हजार १५५ कित्ता कर्मचारी, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोष र २३ हजार १०० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । दोस्रो चरणमा १ लाख ९५ हजार १९५ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र मेरोसेयर एकाउन्ट बाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।

Online Arthik









