सिटिजन्स क्यापिटल लिमिटेडले १९औं वार्षिक साधारण सभा आगामी असोज २ गते (२०७९/०७/०२) ललितपुरको झम्सिखेलस्थित द लअन मा बिहान ११:०० बजे आयोजना गर्ने भएको छ।

सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो। सभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्तापूँजीको १६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान र नगद प्रवाह विवरण पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा छलफल हुनेछ।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया