आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको छ। कम्पनीले भदौ ९ गते राष्ट्र बैंकबाट ५० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्न अनुमति पाएको हो।

उक्त ऋणपत्र ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामक हुनेछ, जसअन्तर्गत रु. १,००० अंकित दरका ५ लाख कित्ता ऋणपत्र जारी गरिनेछ।

कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो। यस ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याजदर रहनेछ।

तपाईको प्रतिक्रिया