नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी थालेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ २९ गते बिहान साढे १२ बजे काठमाण्डौको थापाथलीस्थित बीएलसी सभा कक्षमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने, आव २०८१/८२ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

यस्तै, सभामा आईपीओ निष्कासन प्रबन्धकको नियुक्ति अनुमोदन, सञ्चालक निर्वाचन, गत आवको वार्षिक प्रतिवेदन पारित र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

तपाईको प्रतिक्रिया