प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,नेपालमा पछिल्ला दिनहरूमा देखिएको अशान्ति, असन्तोष र वैमनस्यताले सम्पूर्ण नागरिकको मन दुःखी बनाएको छ । हिंसा र द्वन्द्वबाट कसैलाई पनि सुख र प्रगति हासिल हुन सक्दैन भन्ने सत्यलाई हामी सबैले आत्मसात् गर्न आवश्यक छ। शान्ति हाम्रो आन्तरिक शक्तिबाट जन्मन्छ। जब हामी मनमा करुणा, प्रेम र आपसी आदरको बीज रोप्छौँ, तब मात्र समाजमा मेलमिलाप र सद्भावना फुल्छ। त्यसैले, म सबैलाई अनुरोध गर्दछु नेपालको धरती सदा शान्ति, साधना र सद्गुणको प्रतीक रहँदै आएको छ। आज फेरि त्यही गौरवशाली परम्परालाई जीवन्त राख्दै हामी सबै मिलेर सहअस्तित्व, एकता र मेलमिलापको बाटो रोज्न आवश्यक छ। शान्त हृदय नै समृद्ध राष्ट्रको आधार हो। त्यसैले, हिंसा होइन, सहअस्तित्व रोजौँ; कलह होइन, करुणा रोजौँ।”

नेपाल पुनः शान्ति, सद्भाव र प्रेमले उज्यालो होस् भन्ने कामना गर्दछु।

-आशिर्वाद र शुभकामना सहित आचार्य चन्दनाजी वीरायतन

 

 

तपाईको प्रतिक्रिया