स्थानिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबारको कारोबारमा मूल्य बढेसँगै सुनको भाउ किर्तिमानी उचाइमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर २ लाख १५ हजार ८ सय रुपैयाँमा पुगेको छ। यसअघि प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँ नै सुनको उच्चतम मूल्य रहेकोमा आज नयाँ कीर्तिमान बनेको हो। अघिल्लो दिन भने सुन प्रतितोला २ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढ्दै २ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया