स्थानिय बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम गरेको छ। मंगलबारको कारोबारमा सुनको भाउ १,३०० रुपैयाँले बढ्दै प्रतितोला २,१७,१०० रुपैयाँ पुगेको छ। यसअघि सुनको उच्चतम भाउ २,१५,८०० रुपैयाँ प्रतितोला थियो, जुन भदौ २७ मा कायम भएको थियो। अघिल्लो दिन सुनको मूल्य २,१५,२०० रुपैयाँ प्रतितोला थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी २० रुपैयाँले बढ्दै प्रतितोला २,५९५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया