नेपाल स्टक एक्सचेञ्ज लिमीटेड (नेप्से) ले सेयर कारोबार असोज १ गतेदेखि सुचारु गर्ने अनुमति माग्दै सोमबार सेबोनलाई पत्र पठाएको थियो। नेप्सेको सो आवेदनलाई आधार मानेर सेयर कारोबार खोल्ने निर्णय भएको नेप्से बोर्डस्थित स्रोतले जानकारी दिएको छ।

यस निर्णयसँगै असोज २ गतेदेखि सेयर बजार खुल्नेछ। असोज १ गते सार्वजनिक विदा परेकोले सो दिन कारोबार हुनेछैन।

असोज २ गतेदेखि खुल्ने सेयर बजारको कारोबार साबिकको व्यवस्थाअनुसार नै पूरा समय सञ्चालन हुनेछ। आंशिक कारोबार मात्र गर्ने वा सर्किट ब्रेकर सम्बन्धी नियममा केही परिवर्तन गरेर सुरक्षित ढंगले बजार सञ्चालन गर्ने पक्षमा धितोपत्र बोर्ड भए पनि नेप्से त्यसको पक्षमा नआएपछि साबिककै व्यवस्थाअनुसार बजार खोल्ने निर्णय गरिएको स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया