गरिमा क्यापिटल लिमिटेडले स्थगित गरेको आफ्नो १०औं वार्षिक साधारण सभा आगामी असोज ९ गते पुनः आयोजना गर्ने भएको छ।
यसअघि भदौ २७ गते काठमाडौंको बुढानिलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा दिउँसो ३ बजे गर्ने भनिएको सभा जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो।
पुनः तोकिएको उक्त सभामा आव २०८१/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावहरु पेश गरिनेछन्। साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।
सभामा संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसमेत रहेको कम्पनीले जनाएको छ।

Online Arthik









