नेपाल धितोपत्र बोर्डले सेयर बजारमा लागू भएको अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि स्थगित गर्ने निर्णय गरेको छ। शनिबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज (आईतबार) परिवर्तित व्यवस्थाको प्राविधिक परीक्षण सम्पन्न गरेको छ र मंगलबारदेखि नयाँ व्यवस्था लागू गर्ने जनाएको छ।

नेप्सेले जारी गरेको सूचनाअनुसार, अबदेखि सेयर बजारको सूचकाङ्क अन्तिम कारोबार मूल्यका आधारमा गणना गरिनेछ। यसअघि अन्तिम १५ मिनेट (२:४५ देखि ३:०० बजेसम्म) को कारोबार मूल्यको भारित औसतलाई अन्तिम मूल्य मान्ने व्यवस्था गरिएको थियो।

लगातार बजार ओरालो लागिरहेकाले र लगानीकर्ता तथा ब्रोकरहरूको मागअनुसार सो व्यवस्था स्थगित गरिएको हो। हालैको जेन जेड आन्दोलनपछि बिहीबार खुलेको बजारमा लगातार तीन पटक नकरात्मक सर्किट लागेको थियो।

तपाईको प्रतिक्रिया