नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आर्थिक वर्ष २०८२/८३ को धितोपत्र वार्षिक नवीकरण शुल्क असोज मसान्तभित्र बुझाउन सूचीकृत कम्पनीलाई आग्रह गरेको छ।

सूचना अनुसार, ५० करोड रुपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीले रु ५० हजार र सो भन्दा माथिका कम्पनीले रु १ लाख बुझाउनुपर्नेछ। डिबेञ्चर तथा म्युचुअल फण्डका लागि क्रमशः रु २५ हजार र रु ५० हजार निर्धारण गरिएको छ।

तोकिएको समयमा शुल्क नबुझाएमा वार्षिक १०% जरिवाना लाग्ने र आवश्यकता परे सूचीकरण स्थगन गर्न सकिने नेप्सेले जनाएको छ।

तपाईको प्रतिक्रिया