हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ६६१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ ।
सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

Online Arthik









