स्थानिय बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १,३०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख २३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि असोज ७ गते सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको थियो, जुन त्यतिबेला हालसम्मकै रेकर्ड मानिएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढ्दै २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Online Arthik










