प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा असोज ७ गते काठमाडौं, विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी गरी सात स्थानमा एकसाथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कर्मचारी तथा शुभेच्छुक गरी ४६३ जनाले रक्तदान गरेका छन्। सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धरले मानव जीवन रक्षा गर्ने अवसर मिलेकामा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाए।

Online Arthik










