चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कुल बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालित १४ जीवन बीमा कम्पनीहरूले दुई महिनाको अवधिमा सो व्यवसाय भित्र्याएका हुन्। भदौ महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले १५ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।

दुई महिनाको अवधिमा सबैभन्दा बढी व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। त्यसपछि नेशनल लाइफ इन्स्योरेन्सले ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ र एलआईसी नेपालले ३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन्।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले ३ अर्ब १७ करोड २३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब १ करोड ५२ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ, एशियन लाइफले १ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले १ अर्ब २० करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। आइएमई लाइफले १ अर्ब ८ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ५ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ९६ करोड ९८ लाख रुपैयाँ आर्जन गरेका छन्।

राष्ट्रिय जीवन बीमाले दुई महिनामा ४ अर्ब ८० करोड ३ लाख रुपैयाँ व्यवसाय गरेको छ भने सन नेपाल लाइफले ६० करोड ६६ लाख रुपैयाँ संकलन गरेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरूको व्यवसाय विस्तारको दर निरन्तर वृद्धि भइरहेको छ।

तपाईको प्रतिक्रिया