बहुमूल्य पहेँलो धातु सुनको मूल्य नयाँ ऐतिहासिक उचाइमा पुगेको छ। मंगलबारको अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २।२५ प्रतिशत अर्थात् ८७.५४ डलरले वृद्धि भई प्रतिऔंस ३ हजार ९७४ डलर कायम भएको हो। यो मूल्य हालसम्मकै उच्च स्तर हो।

विश्लेषकहरूका अनुसार, अमेरिकी केन्द्रीय बैंक ९फेडरल रिजर्भ० ले आगामी अक्टोबर र डिसेम्बर महिनामा ब्याजदर घटाउने सम्भावना बढेकाले सुनको मूल्यमा तीव्र वृद्धि देखिएको हो। सामान्यतया, ब्याजदर घट्दा र आर्थिक अनिश्चितता बढ्दा सुनको मूल्यमा उछाल आउने गर्छ।

यस वर्ष मात्र सुनको मूल्य ५१ प्रतिशतले वृद्धि भइसकेको छ। साथै, विश्वका केन्द्रीय बैंकहरू र ईटीएफमा सुनको माग बढेसँगै यसले मूल्यवृद्धिमा थप टेवा पुगेको विश्लेषण गरिएको छ।

तपाईको प्रतिक्रिया