विश्व बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरमा व्यापक कटौती गरेको हो ।

विश्व बैंकले  ‘साउथ एसिया डिभलपमेन्ट अपडेट’ नामक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वृद्धिको सम्भावित घट्ने दायरा विद्यमान वृद्धिदरभन्दा १.५ देखि २.६ प्रतिशत हुने अनुमान गरेको छ । आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत थियो ।

प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा भएको अशान्तिका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आउने र सम्पत्ति नोक्सानीले बिमा उद्योगलाई असर गर्ने अपेक्षा गरिएको उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया