नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ। बैंकले गत असोज २ गतेदेखि निष्कासन गरेको हकप्रदमा मागअनुसार आवेदन नपरेपछि म्याद कात्तिक ९ गतेसम्मका लागि लम्ब्याएको हो।
बैंकले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६ सय कित्ताको १ः१ अनुपातमा रु. १०० अंकित दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गरेको हो। लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, त्यसका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन्।
बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्योर रेटिङ सी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व वहन गर्न उच्च जोखिम रहेको जनाउँछ। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Online Arthik









