अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न र बन्धकहरूलाई मुक्त गर्ने शान्ति योजनाको पहिलो चरणमा सहमति भएको घोषणा गरेका छन्। इजरायल, हमास र कतारबीच सहमति भएको यो सम्झौताअनुसार युद्ध रोकिने, इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने र गाजामा मानवीय सहयोग प्रवेश गरिनेछ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पलाई धन्यवाद दिँदै यसलाई “कूटनीतिक र नैतिक विजय” बताएका छन्। सम्झौताअनुसार शनिबारदेखि बन्धक मुक्त गर्ने प्रक्रिया सुरु हुनेछ।

हमासले पनि सम्झौताको पुष्टि गर्दै ट्रम्प, कतार, इजिप्ट र टर्कीको मध्यस्थ भूमिकाको प्रशंसा गरेको छ। यद्यपि, गाजाको प्रशासनिक व्यवस्था र हमासको सशस्त्र संरचना विघटनजस्ता विषयमा अझै पूर्ण सहमति जुटेको छैन।

तपाईको प्रतिक्रिया