फिलिपिन्सको मिन्डानाओ टापु केन्द्र भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण (USGS) का अनुसार भूकम्प टापुको पूर्वी भागमा, राजधानी दाभाओबाट करिब १२३ किलोमिटर टाढा र जमिनको सतहबाट ५८.१ किलोमिटर गहिराइमा गएको हो।

हालसम्म ठूलो क्षतिको विवरण प्राप्त भएको छैन। भूकम्पपछि फिलिपिन्स सरकारले सुनामीको चेतावनी जारी गरेको छ।

यसअघि गत सेप्टेम्बर ३० मा पनि फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु र करिब १ सय ५० जना घाइते भएका थिए।

तपाईको प्रतिक्रिया