भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ।

नर्वेजियन नोबेल समितिले माचाडोले ‘बढ्दो अन्धकारबीच लोकतन्त्रको ज्योति जलाइरहनु भएको’ र ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणका लागि संघर्ष गरेको’ भन्दै सम्मान गरेको हो।

गत वर्षको राष्ट्रपति चुनावमा उम्मेदवारी दिनबाट रोकिएकी माचाडो भेनेजुएलाको विपक्षी पक्षलाई एकताबद्ध गर्दै आफ्ना उम्मेदवार एडमुन्डो गोन्जालेजको समर्थनमा व्यापक जनसमर्थन जुटाउन सफल भएकी थिइन्।

चुनावमा देखिएका अनियमितताका बाबजुद राष्ट्रपति निकोलस माडुरोले तेस्रो कार्यकालका लागि जितेको घोषणा गरेका थिए। त्यसपछि देशभर विरोध प्रदर्शनहरू भई सरकारी दमन भएको थियो।

माचाडोलाई जनवरीमा छोटो समयका लागि पक्राउ गरी पछि रिहा गरिएको थियो।

नोबेल समितिले भन्यो — “यो पुरस्कार शान्तिपूर्ण तरिकाले लोकतन्त्र र मानवअधिकारको रक्षा गर्ने सबैका लागि प्रेरणाको स्रोत हो।”

तपाईको प्रतिक्रिया