नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ।
यसअघि बिहीवार सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँ पुग्दै ऐतिहासिक रेकर्ड बनाएको थियो।
शुक्रबार भने सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँमा झरेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ३ हजार १२५ रुपैयाँ पुगेको छ।
यो चाँदीको हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया