मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज २४ गते बसेको कम्पनीको सञ्चालक समितिको १००औं बैठकले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो।

यस्तै, बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरिएको छ। कम्पनीको लाभांश र हकप्रद प्रस्ताव आगामी कात्तिक २१ गते गैरीधारास्थित सिल्भर वक ब्याङक्वेट एण्ड एभेन्ट्स सेन्टरमा बिहान साढे ११ बजे हुने सातौं वार्षिक साधारण सभाबाट पारित गरिनेछ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई नामसारी भएका सेयरधनीहरू मात्र सभामा सहभागी र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया