साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांक १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा पुगेको छ। आज ३१७ कम्पनीका सेयरको ३८ हजार ८२७ पटक कारोबारमा ७४ लाख ८८ हजार २७३ कित्ता सेयर खरिद–बिक्री भएका छन्, जसबाट कुल ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमको आधारमा नेपाल रि–इन्स्योरेन्स अग्रस्थानमा रह्यो, जसको कारोबार ३२ करोड ७ लाख रुपैयाँ बराबरको भयो। दोस्रो स्थानमा हिमालयन रि–इन्स्योरेन्स रह्यो, जसको कारोबार १६ करोड ९ लाख रुपैयाँको रह्यो। त्यस्तै, सिईडिबी होल्डिंग्सको १२ करोड ६८ लाख, युनियन हाइड्रोपावरको १० करोड १८ लाख रुपैयाँ र सिवम् सिमेन्टको ८ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजार विश्लेषकका अनुसार लगानीकर्तामाझ केही सतर्कता देखिए पनि आगामी दिनमा बैंकिङ र बीमा समूहको गतिविधिले बजारको दिशा निर्धारण गर्ने सम्भावना रहेको छ।

Online Arthik










