आइतबारको कारोबारमा सुनको मूल्य घटेको छ। अघिल्लो कारोबारको दिनको तुलनामा आज सुनको भाउ प्रति तोला ४ हजार ८ सय रुपैयाँले घटेर २ लाख ५३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार सुनको मूल्य इतिहासकै उच्च २ लाख ५८ हजार रुपैयाँमा पुगेको थियो। सो दिन सुनको भाउ एकैदिनमा ७ हजार १ सय रुपैयाँले बढेको थियो।

आज सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार २७५ रुपैयाँमा पुगेको छ। यससँगै चाँदीको मूल्य ७५ रुपैयाँले घटेको छ।

तपाईको प्रतिक्रिया