हमासको नियन्त्रणमा परेका नेपाली युवा विपिन जोशीको शव सोमबार स्वदेश ल्याइने भएको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थायी ठेगाना भएका जोशीको शव फ्लाई दुबईको विमानमार्फत दिउँसो काठमाडौं ल्याइने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विपिन जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रबाट नियन्त्रणमा लिएर बन्धक बनाएको थियो। उनी अध्ययनका क्रममा इजरायल पुगेका थिए।

लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले जोशीको मृत्यु भएको पुष्टि गरेका थिए। सरकारले जोशीको शव नेपाल ल्याउने सबै आवश्यक प्रक्रिया पूरा भएको र उनको परिवारलाई हस्तान्तरण गरिने जनाएको छ।

तपाईको प्रतिक्रिया