गत भदौ २३ र २४ गतेका जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा हालसम्म ६ करोड १० लाख रुपैयाँ संकलन भएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आइतबार बिहानसम्म उक्त कोषमा ६ करोड १० लाख रुपैयाँ जम्मा भएको हो।
सरकारले सो कोषमा योगदानका लागि सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली (एनआरएन), विकास साझेदार, संघसंस्था र दातृ निकायहरूलाई सहयोग गर्न आग्रह गरेको थियो।
आर्थिक सहायता रकम चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा कटौती गर्न सकिने सुविधा सरकारले उपलब्ध गराएको छ।
कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खाता नम्बर १९६०१००१०२०७०००४ खोलिएको छ, जसमा इच्छुकले सहायता रकम जम्मा गर्न सक्नेछन्।
अर्थ मन्त्रालयले छिट्टै कोषमा योगदान गर्ने व्यक्तिहरू र संस्थाहरूको नाम सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।

Online Arthik










