युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कात्तिक ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।
भोलि छठ पर्वको सार्वजनिक बिदा हुने भएकाले सेयर कारोबार बन्द रहनेछ। कम्पनीले गत आवको मुनाफाबाट प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव आगामी कात्तिक २५ गते आयोजना हुने कम्पनीको ३२औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

Online Arthik










