यो साता सुनको मूल्यमा लगातार गिरावट देखिएको छ। अन्तरराष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि पछिल्ला चार दिनदेखि सुनको भाउ ओरालो लागेको हो। गत आइतबार प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्दै दुई लाख ४१ हजार ९०० रुपैयाँमा पुगेको सुन सोमबार पुनः दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
मङ्गलबार प्रतितोला दुई हजार ९०० रुपैयाँले घटेपछि सुनको मूल्य दुई लाख ३७ हजार रुपैयाँमा झर्यो, भने बुधबार फेरि सात सय रुपैयाँले घट्दै प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
सुन घट्दो क्रममा रहँदा चाँदीको मूल्यमा भने वृद्धि भएको छ। मङ्गलबार प्रतितोला दुई हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर दुई हजार ९६५ रुपैयाँ पुगेको छ।
अन्तरराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ, जसले नेपाली बजारमा पनि यसको प्रभाव पारिरहेको बताइन्छ।

Online Arthik









