नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुनचाँदी दर सार्वजनिक गरेको छ। महासंघका अनुसार आज सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । प्रतितोला सुन २ लाख ३६ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको दरसँग समान छ ।

तर, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९६५ रुपैयाँ रहेको चाँदी आज १५ रुपैयाँले बढेर २ हजार ९८० रुपैयाँ पुगेको छ । यससँगै चाँदी बजारमा सानो सुधार देखिएको छ ।

तपाईको प्रतिक्रिया