नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दुई कम्पनीका सेयरमूल्य समायोजन भएका छन्। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयरमूल्य बोनस सेयरका कारण समायोजन गरिएको हो। समायोजनपछि गुराँस लघुवित्तको सेयरमूल्य प्रतिकित्ता रु. २,०२१.८८ कायम भएको छ, जुन अघिल्लो अन्तिम कारोबार मूल्य रु. २,३१० थियो। कम्पनीले गत आर्थिक वर्षका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) घोषणा गरेको छ। गुराँस लघुवित्तको १०औं वार्षिक साधारण सभा आगामी कात्तिक २३ गते धनकुटाको हिलेस्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे आयोजना हुँदैछ।

तपाईको प्रतिक्रिया