नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला नियुक्त भएका छन्।
कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२)(क) अनुसार नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्नेगरी निरौलालाई सञ्चालक पदमा नियुक्त गरिएको हो।
अर्थमन्त्रालयको असोज २५ गतेको निर्णयअनुसार निरौलाको नियुक्ति औपचारिक रूपमा स्वीकृत गरिएको कम्पनीले जनाएको छ।


Online Arthik











